प्रतिनिधि सभा बैठक स्थगित

Thankot Times

थानकोट ।

विपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगन भएको छ ।

अर्को बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।

सभामुख देवराज घिमिरेले सदनको कारबाही सुरु भएको घोषणा गरेलगत्तै विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका हुन् ।

सभामुखले पटकपटक सदनमा अवरोध नगर्न आग्रह गरेपनि विपक्षीले नमानेपछि बैठक स्थगन गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *