पदको दुरुपयोग र सम्पत्ति आर्जनको आरोपमा पूर्वमुख्यमन्त्री सोडारीको पद निलम्बित

Thankot Times

थानकोट ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको सांसद पद निलम्बन भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा दायर भएपछि उनको पद निलम्बनमा परेको हो।

यसबारेको जानकारी सोमबार सभामुख भीमबहादुर भण्डारीले दिए।

सोडारीलाई पदको दुरुपयोग र सम्पत्ति आर्जनको आरोपमा मुद्दा चलिरहेको छ। उनी नेकपा (एकीकृत समाजवादी) का सदस्य हुन् र २०७९ मा कैलालीबाट निर्वाचित भएका थिए।

अख्तियारबाट प्राप्त पत्रअनुसार सोडारीउपर आयोगको ऐन र भ्रष्टाचार निवारण ऐनबमोजिम मुद्दा दायर भएको भन्ने जानकारी प्राप्त भएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको सभामुख भण्डारीले बताएका छन्।

सोडारीलाई पदको दुरुपयोग गरेर अकूत सम्पत्ति आर्जन गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा केही दिनअघि आरोपपत्र दायर गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *