माघ १ बाट चन्द्रागिरि नगरका स्थानीयले चन्द्रागिरि केबलकारको टिकटमा ५०% छुट* पाउने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाबासीले चन्द्रागिरि केबलकारको टिकट खरिद गर्दा ५० प्रतिशत सहुलियत पाउने भएका छन् ।

चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्स लिमिटेडको बुधबार बसेको १६औं साधारण सभाको निर्णयानुसार माघ १ गतेदेखि लागुहुने गरी चन्द्रागिरि बासीले सो सुविधा पाउने भएका हुन् ।

यस्तै, मकवानपुर जिल्लाको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयबासीले समेत सो सुविधा उपभोग गर्न पाउने बताइएको छ । यो सुविधा प्राप्तिका लागि लाभग्राहीले आफु चन्द्रागिरि, थाहा वा इन्द्रसरोवरको स्थानीय भएको खुल्ने कागजात अनिवार्य रुपमा प्रस्तुत गर्नुपर्ने र टिकट खरिदका क्रममा स्वयं उपस्थित हुनुपर्नेछ । 

यद्यपी यो छुट सुविधा सार्वजनिक बिदाको दिनमा भने उपलब्ध नहुने कम्पनीले जनाएको छ ।

हाल चन्द्रागिरि केबलकार उपभोग बापत ८२५ रूपैयाँ तिर्नुपर्दछ ।

चन्द्रागिरि केबलकारको टिकट मूल्य बढ्यो, एकतर्फी टिकटको मूल्य अब ४९५ रूपैयाँ

चन्द्रागिरि केबलकारको टिकट किन्दा स्थानीयले कति छुट पाउलान् ? यस्तो छ पछिल्लो छुट नीति


One thought on “माघ १ बाट चन्द्रागिरि नगरका स्थानीयले चन्द्रागिरि केबलकारको टिकटमा ५०% छुट* पाउने

Leave a Reply to Khum Bdr Pradhab Cancel reply

Your email address will not be published. Required fields are marked *