धवलशमशेर राणाले त्यागे राप्रपा, नयाँ पार्टी बनाउँदै
थानकोट ।
धवलशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् ।
राप्रपा सुधार्ने प्रयत्न सफल नभएको भन्दै महामन्त्री रहेका उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
आइतबार वक्तव्य जारी गर्दै उनले नयाँ राष्ट्रवादी शक्ति निर्माणमा जुट्ने घोषणा गरेका छन् ।
कार्यकर्ताहरूलाई उनले राप्रपा ठीकै लागिरहे राप्रपामै बस्न अन्यथा आफूहरूको अभियानमा जोडिन आह्वान पनि गरेका छन् ।
धवलको नेतृत्वमा राजतन्त्र पक्षधर छुट्टै पार्टी बनाउने अभियान लामो समयदेखि चलिरहेको थियो ।













