सुनको मूल्यमा उछाल, तोलामा एकैदिन २० हजार रुपैयाँले वृद्धि भयो भाउ

Thankot Times

थानकोट ।

नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य बढेको छ ।

प्रतितोला सुन २० हजार ५ सय  रुपैयाँ बढेर आज ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलाको ३ सय ५ रुपैयाँले बढेर आज प्रतितोला ५ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार चाँदी तोलाको ५ हजार ४० मा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ