राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर सभापतिमा जनार्दन केसी निर्वाचित, सचिवमा २ मतले हार-जित

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर समितिको पहिलो अधिवेशनले मातातिर्थका जनार्दन केसीलाई सभापति चयन गरेको छ ।

आइतबार साँझ सम्पन्न सो पार्टीको अधिवेशनले केसीको नेतृत्वमा नयाँ नगर कमिटि गठन गरेको हो । उनी रास्वपा चन्द्रागिरि नगरका निवर्तमान सभापति समेत हुन् ।

सर्वसम्मत नगर कमिटि गठनको सम्भावना नरहेपछि चुनावमा होमिएको रास्वपाको अधिवेशनमा केसीको १५३ मत खसेको निर्वाचन कमिटिले जनाएको छ । सभापति पदका अर्का उमेदवार निवर्तमान सचिव मधुकर बस्नेतको पक्षमा ४९ मत खसेको थियो ।

अधिवेशनका लागि रास्वपाका सबै वडाबाट जम्मा २२२ मतदाता (प्रतिनिधि) छानिएका थिए । मतदानमा २०२ जना सहभागी भएका थिए । यस्तै, उपसभापति पदमा करुणा श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् । सचिव पदमा मन्दीरा थापा २ मतको झिनो मतान्तरले विजयी भइन् । पार्टीको पहिलो निर्वाचित नगर सचिव हुन उनले ९५ मत पाइन् । सहसचिवमा १२९ मत पाएका ज्ञानदास महर्जन निर्वाचित भए ।

सदस्यहरूमा क्रमशः मनोज घिमिरे १६२ मत, हिरामणि अधिकारी १३८ मत, तिर्थराज खत्री १२० मत, पूर्णबहादुर महर्जन ११९ मत, अनोज थापा ११२ मत, किरण पुरी ११२ मत प्राप्त गर्दै विजयी भए । देवकी थापा रायमाझी, सुधा कार्की र कमला नेउपाने महिला क्लस्टरमा निर्विरोध चयन भए ।

१ जना दलित महिला सदस्य र १ जना महिला सदस्य मनोनित हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।

रास्वपा चन्द्रागिरि नगर सभापतिमा केसी र बस्नेतको उमेदवारी, उपसभापति श्रेष्ठ सर्वसम्मत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ