त्रिपुरेश्वरमा एक पुरुषद्वारा आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै
थानकोट ।
काठमाडाैंको त्रिपुरेश्वमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि प्रहरीले वीरअस्पताल पुर्याएको छ । उनको पहिचान भने खुलेको छैन् ।
प्रहरी स्रोतका अनुसार आत्मदाह प्रयास गरेका पुरुषको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएको छ । त्यही विषयको विवादपछि आत्मदाह प्रयास गरेको खुलेको छ ।
यद्यपि, त्यसको पुष्टिका लागि प्रहरीले अनुसन्धान र त्यहाँ राखिएको सीसीटीभी फुटेजको अध्ययन थालेको छ ।
उनी राहदानी विभागको सेवाग्राही हुनसक्ने आशंका प्रहरीको छ ।









