नेपालमा बीमा बजारको आकार १० खर्ब रुपैयाँ नाघ्यो- कार्यकारी निर्देशक सुशीलदेव सुवेदी

Thankot Times

थानकोट ।

देशको बीमा पहुँच ५१ प्रतिशत जनसङ्ख्यामा पुगेको र बीमा बजारको कोष १० खर्ब रुपैयाँभन्दा धेरै पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले यसबारे जानकारी दिएका हुन् ।

कार्यकारी निर्देशक सुवेदीका अनुसार अहिले नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालनमा छन् जसमा १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघु बीमा र २ पुनर्बीमा कम्पनी रहेका छन् ।

गएको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार कुल २ खर्ब २३ अर्ब रुपैयाँ बीमा शुल्क सङ्कलन भएको छ भने ६६ अर्ब रुपैयाँभन्दा धेरै दाबी भुक्तानी भएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बीमा क्षेत्रको योगदान ३.६९ प्रतिशत पुगेको छ जुन विश्वको औसत ३.५० प्रतिशतभन्दा धेरै हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *