चन्द्रागिरि-३ थानकोटस्थित ठूलो खोलामा पक्की पुल निर्माण, घ्याम्पेडोल पुग्न सहज हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०३ थानकोट पार नमुनाबस्तीस्थित ठूलो खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।

करिब १७ लाख रुपैयाँको लागतमा सो पुल निर्माण सम्पन्न भएको हो । १४ फिट चाैडाइ र करिब २५ फिट लम्बाइको सो पुल चन्द्रागिरि नगरपालिकाबाट विनियोजित बजेटबाट निर्माण भएको चन्द्रागिरि नगरपालिका वडा नंं ३ थानकोटका वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए ।

नवनिर्मित पुलको शनिबार (असार २७) नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरेका छन् । सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १ र ३ का जनप्रतिनिधि लगायत स्थानीय बासीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

सो पुल निर्माण भएसँगै थानकोटबाट सुरुङ मार्गको पहुँच मार्ग हुँदै दहचोकसम्म चार चक्के सवारी साधान सहज रुपमा ओहोर दोहोर गर्न सक्ने भएका छन् ।

यसअघि भएको पुल जीर्ण भएपछि नयाँ पुल निर्माण गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ