रसुवा बाढीः चेकपोष्टका राजेश खत्रीले चलाएको स्करपियो बेत्रावती क्षेत्रमा भेटियो

Thankot Times

थानकोट ।

गत बुधबार (भदाै १०) बिहान थानकोट चेकपोष्टका राजेश खत्रीले रसुवातर्फ लगेको बा १६ च ३८३८ नम्बरको स्करपियो जीप क्षतिग्रस्त अवस्थामा नुवाकोटको वेत्रावती क्षेत्रमा फेला परेको छ ।

सो जीप तथा सो मा सवार चालक तथा यात्रीहरू रसुवा बाढी प्रभावित क्षेत्रमा बुधबार बिहानबाट सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएकोमा हिजो बिहीबार बेत्रावती क्षेत्रमा पुगेका उद्दार एवं सहयताकर्मीहरूले उक्त नम्बरको जीप बेत्रावती क्षेत्रमा क्षतिग्रस्त अवस्थामा भएको तस्बिर सार्वजनिक गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका वडा नं. ७ थानकोट महादेवस्थानकी वडा सदस्य एवं नगर कार्यपालिका सदस्य उमा थापाले पनि उक्त गाडी फेला परेको जानकारी दिएकी छन् ।

गाडीमा सवार चालक तथा यात्रुहरूको अवस्था अझै अज्ञात छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *