‘चन्द्रागिरि हिजो र आज’ नगरको दीर्घकालीन योजना निर्माणमा महत्वपूर्ण स्रोत सामाग्री- ई. राउत

Thankot Times

थानकोट ।

नेकपा एमाले चन्द्रागिरि नगरका अध्यक्ष ईञ्जिनियर उत्तम बहादुर राउतले चन्द्रागिरि नगरपालिका क्षेत्रका पुराना, दुर्लभ र ऐतिहासिक तस्बिरहरूको संगालो ‘चन्द्रागिरि हिजो र आज’ यस नगर क्षेत्रको दीगो दीर्घकालीन योजना निर्माणमा महत्वपूर्ण स्रोत सामाग्री भएको बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा एक सामाग्री साझा गर्दै ईञ्जिनियर राउतले सो धारणा व्यक्त गरेका हुन् ।

‘चन्द्रागिरि हिजो र आज’ शीर्षक भावको वि.सं. १९०१ देखि हालसम्मका यहाँको ईतिहास, संस्कृति, भूगोल, भौतिक विकास, वातावरण, सामाजिक जीवन, झल्कने पहिले र अहिलेको तुलनात्मक फोटो संग्रहित यो पुस्तक चन्द्रागिरिको दीगो दीर्घकालीन योजना निर्माणमा महत्वपूर्ण स्रोत सामाग्री बन्न सक्छ, उनले लेखेका छन् । 

पुस्तकका प्रकाशकसँग सो पुस्तकका विषयमा केही घण्टा साक्षात्कार गरेपछि उनले भने- यो पुस्तक चन्द्रागिरिका विद्यालयहरुमा पठनपाठनको सामाग्री बन्न सक्छ ।

नेपालका पुराना श्रव्य दृश्य (तस्बिर, चित्र, भिडियो) सामाग्रीहरूको खोज, संकलन, वैज्ञानिक अभिलेखीकरण र प्रदर्शनीमा डेढ दशकदेखि सक्रिय जीवन नेपालले खोज एवं संग्रह गरेका तस्बिरहरू उक्त संगालोका रूपमा हालै प्रकाशित भएको हो ।

चन्द्रागिरि नगरका दुर्भल तस्बिरहरूको संग्रह ‘चन्द्रागिरि हिजो र आज’ प्रकाशित


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ