पूर्वराजा शाहको दसैं सन्देश- राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखौँ

Thankot Times

थानकोट ।

पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय एकता, आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले प्राकृतिक विपत्‌बाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

निर्मल निवासबाट शुक्रबार जारी शुभकामना सन्देशमा पूर्वराजा शाहले यस वर्षको वर्षायाममा भोटेकोसी, बूढीगण्डकीलगायतका नदीमा आएको बाढी तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गरेका छन् । प्राकृतिक विपत्‌बाट उत्पन्न दुःख र पीडाबीच पनि नेपालीले आफ्नो धर्म, संस्कृति, परम्परा र रीतिरिवाजलाई निरन्तरता दिनुपरेको उनले बताएका छन् ।

प्रकृतिको सन्तुलन र संरक्षणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले विपत्‌बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी, सावधानी र विवेकपूर्ण कदम आवश्यक रहेको बताएका छन् । शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै अघि बढ्नुपर्ने उनको भनाइ छ ।

पूर्वराजा शाहले विपत्‌बाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पीडित नागरिकको यथाशीघ्र उचित पुनःस्थापनालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । यसका लागि बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक कुशलता अपनाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

पूर्णपाठ :


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ