१८औँ काठमाडौं म्याराथनको १० किमि मास्टर्स दौडमा चन्द्रागिरिका रामचन्द्र श्रेष्ठ प्रथम

Thankot Times

थानकोट ।

१८औँ काठमाडौं म्याराथनअन्तर्गत आज शनिबार सम्पन्न १० किलोमिटर मास्टर्स दौड प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नं. ३ का रामचन्द्र श्रेष्ठ प्रथम भएका छन्।

श्रेष्ठले निर्धारित १० किलोमिटर दूरी ३७ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्।

चन्द्रागिरि नगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा श्रेष्ठको यस सफलताले स्थानीय खेलकुद क्षेत्र र चन्द्रागिरिको गौरव बढाएको छ।

उनको उपलब्धिले दौड तथा खेलकुदप्रति युवाहरूलाई प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ