सिक्लेस हाइड्रोपावरले निष्कासन गरेको आईपिओ प्रि–अलटमेन्ट आज

Thankot Times

थानकोट ।

सिक्लेस हाइड्रोपावरले निष्कासन गरेको आईपिओ प्रि-अलटमेन्ट आज हुने भएको छ।

कम्पनीले प्रि-अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको छ। कम्पनीको बिक्री प्रबन्धकका अनुसार बिओके क्यापिटलले आगामी मंगलबार बिहान ९ बजे सेयर बाँडफाँट गर्ने तयारी गरेको छ ।

कम्पनीको आइपीओमा १६ गुणा बढीले आवेदन परिसकेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीले कुल कित्तामध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *