रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यले शपथ लिए, प्रमाणपत्रसँगै घण्टी उपहार

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।

पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमाणसँगै घण्टी उपहार दिएको छ ।

केन्द्रीय कार्यालयमा बुधबार आयोजित शपथ ग्रहण कार्यक्रममा निर्वाचित पदाधिकारलाई सभापित रवि लामिछानेले प्रमाणपत्रसँगै घण्टी उपहार दिएका हुन् ।

१५८ केन्द्रीय सदस्यमध्ये निर्वाचनबाट ९९ जना चुनिएका थिए ।

सात जना प्रदेश सभापति पदेन हुँदा ५१ जना सदस्य सभापतिले मनोनीत गर्नेछन् ।

मनोनीत गर्ने केन्द्रीय सदस्यमा वालेन्द शाह ‘बालेन’ पक्षका आधा हुने बताइएको छ ।

पार्टी स्थापना भएको चार वर्षमा रास्वपाले यही ७ देखि १३ असारसम्म चितवनमा पहिलो महाधिवेशन गरेकाे थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *