अरिंगालले टोक्दा भीमफेदीमा एक जनाको ज्यान गयो

Thankot Times

थानकोट ।

मकवानपुर जिल्लामा अरिंगालको टोकाइबाट एक जनाको ज्यान गएको छ ।

भीमफेदी गाउँपालिका ६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तानको अरिंगालको टोकाइबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका स्याङतान अरिंगालले टोक्दा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा बिहीबार बिहान चितवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *