चन्द्रागिरि नगरपालिका भवनबाटै शनिबार र आइतबार २४ सै घण्टा ग्यास बेच्ने तयारी

Thankot Times

थानकोट ।

सरकारले खाना पकाउने ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन २४ सै घण्टा ग्यास बिक्री–वितरण गर्ने नयाँ तयारी थालेको छ । ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न विशेष व्यवस्था गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरराज पौडेलका अनुसार काठमाडौं उपत्यकामा उपभोक्तालाई सहज सेवा दिन २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी गरिएको छ ।

‘सबै प्रकारका ग्यास उपभोक्तालाई सेवा दिन शनिबर र आइतबार २४ सै घण्टा ग्यास वितरण गर्ने तयारी थालेका छौँ । ग्यास वितरकहरूले पनि त्यस अनुसार नै पसल खाेल्न सर्कुलर जारी गर्ने तयारी गरिएको छ’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बसुन्धाराको राधास्वामी, कीर्तिपुरको स्मृति भवन, आयल निगमको टेकु परिसर, दशरथ रंगशाला, नेशनल ट्रेडिङको बिक्री केन्द्र, चन्द्रागिरि नगरपालिकाको कम्पाउण्ड भित्र, बाँसबारीस्थित चाँदबाग स्कुल, गोकर्णेश्वर र टोखा नगरपालिका, चावहिलको यातायात कार्यालय, महाराजगञ्जको वडा कार्यालय, बबरमहल, जुडो हल लगायत क्षेत्रबाट ग्यासको बिक्री वितरण गर्ने तयारी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *