काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

Thankot Times

थानकोट ।

काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन)ले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त गर्नुभएको हो ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नवनियुक्त उपकुलपति बराललाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुभयो ।

शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो ।

बराल काठमाण्डौ विश्वविद्यालयको मेकानिकल इञ्जिनियरिङ विभागका प्राध्यापक हुनुहुन्छ । उहाँ काठमाण्डौ विश्वविद्यालयमा अध्ययन गरी त्यही विश्वविद्यालयको उपकुलपति बन्ने पहिलो व्यक्ति हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *