प्रधानमन्त्री निवास बालुवाटार सुनसान, सबैको ध्यान नेकपा एमालेका अध्यक्षको निवास बालकोटतर्फ

Thankot Times

थानकोट ।

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । सोही अनुसार दलहरू सरका गठनको अंकगणित मिलाउन जोड बल गरिरहेका छन् । सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमै सुनसान बनेको छ ।

नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन भएको हो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कसैलाई नदिने अडान लिएपछि गठबन्धन तोडेर माओवादी केन्द्र अध्यक्ष प्रचण्ड बालुवाटारबाट एमाले अध्यक्ष ओली निवास बालकोट हानिएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तथा जनमत पार्टीका अध्यक्ष सिके राउतपनि बालकोट पुगेका छन् ।

यसअघि जनता समाजवादी नेता अशोक राई तथा राप्रपा अध्यक्ष राजेन्द्र  लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *