फिफा विश्वकप फुटबलः स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरिया २-० ले स्तब्ध
थानकोट ।
फिफा विश्वकपमा अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको छ ।
आज बिहान भएको खेलमा स्विट्जरल्यान्डले दुवै हाफमा एक-एक गोल गरेको हो ।
स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले गोल गरे ।
स्विट्जरल्यान्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ ।









