प्रचण्ड-ओलीलाई मेयर बालेनको प्रश्न: देश के हो ? व्यापार हो ? खेल हो ?

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत मेयर साहले ओली प्रचण्ड भेटवार्ताको तस्बिर शेयर गर्दै देश व्यापार हो कि खेल भन्दै प्रश्न गरेका हुन्।

उनले हिजो आफूले कविता लेखेको तर आज नलेख्ने समेत बताए छन्। मेयर बालेनले शनिबार नयाँ सांसदहरूलाई कवितामार्फत गफाडीको संज्ञा दिएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ सरकार गठन अंक गणित नमिलेपछि सत्ताघटक दलहरूसहित बालकोटमा विभिन्न राजनीतिध दलका शीर्ष नेताबीच छलफल जारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *