सुनचाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।  

नेपाली बजारमा बुधबार सुन तथा चाँदीको भाउ बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ६ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ५ हजार रूपैयाँ ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ७० रूपैयाँ कायम भएको छ।

अघिल्लो चाँदीको भाउ प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *