पेट्रोलियम पदार्थको कृत्रिम अभाव गर्ने व्यवसायीलाई १० लाख रुपैयाँ जरिवाना
थानकोट ।
कृत्रिम अभाव सिर्जना गर्न वा उचित कारणबिना पेट्रोल पम्प बन्द गरी उपभोक्तालाई इन्धन नदिने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली, २०७५’ संशोधन गर्दै यस्तो कानुनी व्यवस्था गरेको हो।
मूल्य घट्ने अनुमान गर्दै व्यवसायीले निगमको डिपोबाट पेट्रोलियम पदार्थ नउठाउँदा बुधबार देशभर इन्धन आपूर्ति असहज भएको थियो। यसरी अत्यावश्यक पदार्थको आपूर्तिमा अवरोध गर्ने व्यवसायीलाई तत्काल कारबाही गर्ने कानुनी आधार नभएपछि मन्त्री यादवले बुधबार साँझ नै नयाँ कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।
मन्त्रीको निर्देशन लगत्तै बसेको निगमको सञ्चालक









