सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँले बढेको हो । जसअनुसार आज सुन प्रति तोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यहि परिमाणको सुन अघिल्लो दिन हिजो बुधबार दुई लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १ सय ८० रुपैयाँ बढेको छ ।

महासंघले आज बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला चार हजार ४ सय ५० रुपैयाँ तय गरेको छ ।

हिजो चाँदी प्रतितोला चार हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *