नागढुङ्गामा मृत भेटिए इन्द्रबहादुर

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गामा एक पुरूष मृत अवस्थामा फेला परेका छन् । 

प्रहरी वृत्त थानकोटका अनुसार रूपन्देही घर भएका इन्द्रबहादुर गन्धर्व बुधबार अपरान्ह पाैने २ बजे मृत भेटिएका हुन् । सडकबाट करिब ५० मिटर तल खोंचमा गन्धर्वको शव भेटिएको प्रहरी वृत्त थानकोटका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो । 

मृतक गन्धर्वको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रमुख पाण्डेले बताउनुभयो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *