त्रिभुवन पार्कको किचलोः सर्वोच्च अदालतले दियो विपक्षीहरूका नाउँमा यस्तो आदेश
थानकोट ।
थानकोटस्थित शहिद स्मारक प्रकृति प्रतिष्ठानको विषयमा दायर रिटमाथि सर्वोच्च अदालतले विपक्षीहरूका नाउँमा लिखित जवाफ माग गरेको छ ।
शुक्रबार (साउन २२ गते) नायायाधीश द्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सो आदेश दिएको हो ।
शुक्रबार सो रिट उपर निवेदकका तर्फबाट अधिवक्ता स्वागत नेपाल र रादीका चाम्लागाईले बहस गरेका थिए ।
सो पश्चात न्यायाधीशद्वयको इजलासले निवेदकको माग बमोजिमको किन कारबाही नपर्ने हो ? कारबाही हुन नपर्ने आधार कारण भएको आधार प्रमाण समेत खुलाई आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ माग भएको हो ।
त्रिभुवन स्मारक समितिको परिवर्तित नाम शहिद स्मारक प्रकृति प्रतिष्ठानको अख्तियार प्राप्त अध्यक्ष मदन ताम्राकारले त्रिभुवन पार्क व्यवस्थापनका विषयमा मनोमानी गरिएको भन्दै बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडा मकवानपुर समेतलाई विपक्षी बनाई मुद्धा दायर गरेका थिए ।
बागमती प्रदेश सरकारले भने उक्त पार्क व्यवस्थापनका लागि भन्दै थानकोटका चन्द्रबहादुर गोपालीलाई सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेपछि जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको उपस्थितिमा उनले असार तेस्रो साता पदबहाली गरेका थिए ।
शुक्रबार भएको आदेश पढ्नुहोस्ः

त्रिभुवन पार्कको किचलोः सर्वोच्चको आदेशको सार, पूर्ण इजलास नबसुञ्जेल अध्यक्षमा मदन ताम्राकार











