भीम रावलसँग वार्ता गर्न एमालेले बनायो समिति

Thankot Times

थानकोट । 

आफ्नै पार्टीका नेतासँग वार्ता गर्न नेकपा एमालेले वार्ता समिति गठन गरेको छ ।

शनिबार बसेको पार्टी सचिवालयको बैठकले वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उपाध्यक्ष विष्णु पौडेल संयोजक र पार्टी सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको वार्ता समिति गठन गरिएको हो । 

चितवनमा सम्पन्न नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा सक्रिय छैनन् । ४ मंसिरको चुनावमा पनि पार्टीले उनलाई टिकट दिए ।

हालै पार्टीको मिसन ग्रासरुट कार्यक्रम लिएर उपाध्यक्ष पौडेल अछाम पुग्दा कार्यक्रमस्थलमै झडपको स्थिति आएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *