‘कुनैपनि भ्रममा नपरौँ, गगन-विश्व दाइले कुनै गुट वा समूह बनाउनुभएको छैन’- दिपेश विष्ट

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिका-४ का दिपेश विष्ट पेशाले सूचना प्रविधि ईञ्जिनियर तथा सूचना प्रविधि उद्यमी हुन् । उनले कम्प्युटर इन्जिनियरिङ, कानुन तथा ग्रामीण विकाससम्बन्धी अध्ययनसँगै प्रविधि र राजनीतिक क्षेत्रको अनुभव हासिल गरेका छन् । 

सूचना प्रविधिको क्षेत्रबाट आफ्नो व्यावसायिक यात्रा सुरु गर्दै राजनीतिक संगठन र सार्वजनिक नीतिसँग जोडिएका विष्टसँग तत्कालीन प्रधानमन्त्रीका आईटी सल्लाहकारका रूपमा काम गरेको अनुभव छ ।

सूचना प्रविधिको प्रयोगमार्फत सरकारी सेवा र प्रशासनलाई थप प्रभावकारी बनाउने विषय ई-गभर्नेन्सको सुत्रपातमा विष्टले महत्वपूर्ण भूमिका खेलेका छन् । 

उनले प्रविधि क्षेत्रको अनुभवलाई राजनीतिक संगठनसँग जोड्दै नेपाली कांग्रेसको डिजिटल रूपान्तरणमा समेत काम गरिसकेका छन् ।

पछिल्लो ६ वर्षदेखि पार्टीको डिजिटल रूपान्तरणमा मुख्य प्राविधिक नेतृत्व गरिसकेका विष्टको राजनीतिक यात्रालाई पनि यही प्रविधि र संगठनबीचको सम्बन्धसँग जोडेर हेर्न सकिन्छ ।

नेपाली काँग्रेसको महासमिति सदस्य तथा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य रहेका विष्ट केन्द्रीय प्रचार विभागका पूर्व केन्द्रीय सदस्य समेत हुन् । यस्तै, नेपाली कांग्रेसको इन्जिनियरहरूको संस्था सीडीइएनमा महासचिवको जिम्मेवारी समेत सम्हालिसकेका विष्ट नेपाल इन्जिनियर्स काउन्सिलका पूर्व बोर्ड सदस्य समेत हुन् । 

कीर्तिपुरको डाँडामा बसेर महिनाको ३-४ लाख कमाउन सकिन्छ भन्ने गगनकुमार थापाको वाक्याशंका सुत्रधार मध्येका एक विष्टले नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० को क्षेत्रीय सभापति पदमा उमेदवारी दिने तयारी गरेका छन् । नेपाली काँग्रेसका अन्य नेता कार्यकर्ताले सामाजिक सञ्जालमा गुट उपगुटको हवला दिँदै स्टाटसहरू लेख्न थालेको भन्दै विष्टले सामाजिक सञ्जालमा लेखेका छन्ः  

आदरणीय क्षेत्रीय प्रतिनिधिज्यू
जय नेपाल!
१५औँ महाधिवेशनपछिको पनि सभापति तथा भावी प्रधानमन्त्री श्री गगनकुमार थापाले अघि सार्नुभएको सूचना प्रविधि लगायतका दूरदर्शी संकल्प साकार पार्न म कम्प्युटर इन्जिनियर दिपेश विष्ट क्षेत्रीय सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दछु। कुनै पनि भ्रममा नपरौँ—गगन-विश्व दाइले कुनै गुट वा समूह बनाउनुभएको छैन। हामी सबै गगन–विश्वको पार्टीका हौँ, हामी सबै गगन–विश्व समूहका हौँ ।
नेपाली काँग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडाैं जिल्ला क्षेत्र नं. १० अन्तर्गत प्रदेश सभा क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि क र ख, प्रतिनिधि सभा क्षेत्रिय कार्य समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यक्रम आज आइतबारदेखि कीर्तिपुरस्थित बाघभैरव पार्टीप्यालेसमा हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *