नेपाली काँग्रेस काठमाडाैं क्षेत्र नं. १० को सभापतिमा हिमाल कार्की निर्वाचित
थानकोट ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडाैं क्षेत्र नं. १० को सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार यस क्षेत्रको सभापतिमा पदमा दिपेश विष्टलाई पछि पार्दै कार्की क्षेत्रीय सभापति निर्वाचित भएका हुन् ।
कार्कीले ३९० मत पाउँदा विष्टको पक्षमा २५० मत परेको हो। सचिवमा विक्रम तामाङ विजयी भए । सचिव पदमै उमेदवारी दिएकी जमुना पुरीले १५६ मत पाउँदा सुशान्त बाबु आचार्यले १०८ मत पाए ।
सहसचिवमा सरोज थापा विजयी भए, उनले २३३ मत पाए । यही पदमा भोट मागेका चिरन्जिवी महर्जनले १५४, पञ्च बहादुर महर्जनले ९६, बसन्त सिग्देलले १०३ मत पाए ।
खुला महिला सदस्य पदमा मञ्जु कार्की ३७६ मतसहित विजयी भइन्, दैवज्ञ महर्जनले २०० मत पाइन् ।
खुला सदस्य पदमा जितेन्द्र महर्जन, मुरारी विष्ट, समिर महर्जन निर्वाचित हुँदा समानुपातिक आदिवासी जनजाती खुला सदस्य पदमा मनोज खड्की र विनय महर्जन निर्वाचित हुँदा समानुपातिक खस आर्य महिला सदस्य पदमा कविता खत्री २९१ मतसहित निर्वाचित भएको मतदान अधिकृत
काँग्रेसको १५औँ महाधिवेशनः काठमाडाैं- १० बाट चुनिए प्रतिनिधि, ईश्वर र एलिनालाई ‘पपुलर’ मत














