२५६७औं बुद्धजयन्तीका अवसरमा थानकोटमा रथयात्रा आयोजना हुने
थानकोट ।
२५६७औं बुद्धजयन्तीका अवसरमा थानकोट क्षेत्रमा रथयात्रा आयोजना हुने भएको छ ।
बुद्धजयन्ती समारोह समितिको संयोजनमा बैशाख २२ गते शुक्रबार हुने सो रथयात्रा बिहान ७ बजे सुरू हुने बताइएको छ ।
रथयात्रा जितवन बाैद्ध विहारबाट सुरू हुने सो रथयात्रा सिलाफल-गोदाम-चुनिखेल-महालक्ष्मीस्थान-टाफल-ढोकासी-ईमाखेल-ठाडो बाटो हुँदै जितवन बाैद्ध विहारमै पुगेर समापन हुने जनाइएको छ ।













