चन्द्रागिरि साकोसको रजत जयन्तीका अवसरमा लोगो डिजाइन प्रतियोगिता
थानकोट ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले संस्थाको २५ औं स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा लोगो तथा नाराका लागि प्रस्ताव आह्वान गरेको छ ।
सो संस्थाका इच्छुक सदस्यहरूले लोगो र नारासहित बैशाख ४ गते शुक्रबारसम्म सम्पर्क गर्न सक्ने संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।
उत्कृष्ठ लोगो र नाराले पुरस्कार पाउने समेत संस्थाले जनाएको छ।
चन्द्रागिरि साकोसले बैशाख ५ गते २५ औं स्थापना दिवस मनाउँदैछ ।
बागमती प्रदेशको नियामकीय क्षेत्रमा रहेको उक्त संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर जिल्लाभर तथा धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका रहेको छ।
संस्थामा २३ हजार ३२५ सदस्य आवद्ध रहेका छन् भने २ हजार ३२३ सदस्यले ऋण लिएका छन् ।














