चन्द्रागिरि नगरपालिका क्षेत्रमा नि:शुल्क वाईफाई जडान शुरु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा नि:शुल्क वाई फाई जडान कार्य शुरु गरेको छ।
नगरले पहिलो चरणमा कलंकी नागढुंगा पीपलामोड सडक खण्डको मुख्य मुख्य चोक, बलम्बुस्थित नगरपालिका कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय तथा प्रत्येक वडाको मुख्य मुख्य चोक एवं सार्वजनिक स्थलहरुमा निःशुल्क वाई फाई जडानको कार्य सुरू गरेको हो।

सो क्रम आगामी आर्थिक वर्षमा पनि जारी रहने र थप मुख्य सडकहरु एवं सार्वजनिक स्थलहरूमा नि:शुल्क वाईफाई जडानको कार्य हुने नगरपालिकाले जनाएको छ ।

निकट भविष्यमा नै सञ्चालन को तयारी भइरहेको जीपीएस/ जीआइएस प्रणालीको नगर प्रोफाइल र सम्पूर्ण नगर र वडाबाट प्रदान गर्न लागिएको अनलाइन सेवाको लागि पूर्वाधार स्वरूप नगरपालिकाले चालु आ.व.मा नगरक्षेत्र भरि निःशुल्क वाईफाई जडान गर्न बजेट विनियोजन गरेको थियो ।

चन्द्रागिरि नगरपालिकाले नगरका अधिकांश स्थानहरुमा सीसी क्यामेरा जडान गर्ने कार्य पनि केहि दिनमै शुरू हुने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *