तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा चन्द्रागिरिकी श्रयलालाई ३ रजतसहित ४ पदक
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथानाकी श्रयला महर्जनले तेस्रो बागमती प्रदेस खेलकुद प्रतियोगिताअन्तर्गत पाैडी खेलमा ३ रजतसहित चार पदक जितेकी छन् ।
श्रयलाले प्रतियोगिताको रिले ४x१००, २०० मिटर फ्रिस्टाइल, १०० मिटर बटर फ्लाइमा रजत पदक जितिन् । यस्तै, ५० मिटर बटरफ्लाइमा कास्य पदक हात पारिन् ।
प्रतियोगितामा उनले समग्रमा काठमाडाैंबाट प्रतिनिधित्व गर्ने खेलाडीहरू मध्ये अंकका आधारमा पहिलो स्थान प्राप्त गरेकी छन् ।
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ को उपाधि काठमाडौंले जितेको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भई असार ३ गते औपचारिक उद्घाटन गरिएको प्रतियोगितामा काठमाडौंले सर्वाधिक ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै च्याम्पियन बनेको हो ।










