टेलिग्राममार्फत महिलाको चरित्र हत्या गर्ने चन्द्रपुरका युवा चन्द्रागिरिबाट पक्राउ

Thankot Times

थानकोट ।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-०४ थानकोटबाट एकजना किशोर समातिएका छन् ।
नेेपाल प्रहरीको साइबर ब्युरोका अनुसार राैटहटको चन्द्रपुर नगरपालिका स्थायी बासिन्दा १९ वर्षका ती किशोर बुधबार त्रिभुवन पार्क क्षेत्रबाट प्रकाउ परेका हुन् ।

उनले डिस्कर्ड र टेलिग्राममा पीडित महिलाको अश्लि तस्बिर, भिडियोमा पोष्ट गरेको प्रहरीको भनाइ छ ।
उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *