युट्युब मनिटाइज गर्न झनै सजिलो, अब ५०० सब्सक्राइबर‍ भए पुग्ने, नेपालमा यो नियम लागु नहुने

Thankot Times

थानकोट ।

साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको छ । कम्पनीले साना क्रियटरलाई मध्यनजर गर्दै च्यानल मनिटाइज गर्ने नियमलाई केही खुकुलो बनाएको जनाएको छ ।

कम्पनीले ‘युट्युब पार्टनर प्रोग्राम’ अन्तर्गत च्यानल मनिटाइजेसनका लागि नयाँ नियमहरू लागू गरेको छ  ।

नयाँ नियम अनुसार अब च्यानल मनिटाइजेसनका लागि ५०० सब्सक्राइबर भए पुग्नेछ । यो भन्दा अगाडि मनिटाइजेसनका लागि १००० सब्सक्राइबर अनिवार्य थियो ।

यसका साथै च्यानलको वाच आवर (भिडिओ हेरेको समय) पनि ४ हजारबाट घटाएर ३००० बनाइएको छ । साथै शर्टस भ्युजको हकमा पनि एक करोड भ्युजबाट ३० लाखमा झारिएको छ ।
यसले साना क्रियटरलाई आफ्नो च्यानल मनिटाइज गर्नका लागि सहज हुने कम्पनीको विश्वास छ ।

मनिटाइजेसनको नियममा परिवर्तन आए पनि आम्दानी बाँडफाँडको नियम भने उस्तै नै रहेको छ । सुरुवातमा यो नियम अमेरिका, बेलायत, क्यानडा, ताइवान र दक्षिण कोरियामा लागू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *