डाउन भएका सरकारी वेभसाइट सुचारू
थानकोट ।
विद्युत आपुर्ति सुचारू भएसँगै देशभरका सरकारी वेभसाइट पुनः सुचारू भएका छन् ।
मंगलबार बेलुकादेखि डट जीओभी डट एनपी डोमेन भएका सरकारी वेबसाइट एक्कासी खुल्न छाडेका थिए । जसका कारण सेवाग्राहीहरूले हैरानी पाएका थिए ।
नेपाल विद्युत प्राधिकरणले सिंहदरबारको सबस्टेसनमा रहेको फिडरमा मंगलबार ‘फल्ट’ आउँदा ब्रेकर पड्किएर आगलागी भएको कारण सरकारी डाटा सेन्टरमा विद्युत आपुर्ति प्रभावित भएको जनाएको थियो । केन्द्रले जेनेरेटरबाट विद्युत आपुर्तिको व्यवस्था मिलाएपनि लामोसमयसम्म जेनेरेटरले काम नगर्दा देशभरका नीओभी डट एपीका साइटहरू डाउन भएका थिए ।












