चन्द्रागिरि नगरका खोजमूलक लेखहरुको सङ्गालो ‘चन्द्रागिरि अनुशीलन’ आज लोकार्पण हुँदै
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रको सांस्कृतिक खोजमूलक लेखहरुको सङ्गालो ‘चन्द्रागिरि अनुशीलन’ प्रकाशित भएको छ ।
चन्द्रागिरि सांस्कृतिक अध्ययन समूहको संयोजकत्वमा तयार भएको सो पुस्तक आज लोकार्पण गर्ने कार्यक्रम तय भएको छ ।
स्थानीय ग्रीनल्यैण्ड ब्याङ्क्वेटमा दिउँसो २ बजे सो पुस्तक लोकार्पणको तयारी भइरहेको चन्द्रागिरि साहित्य समाजका अध्यक्ष एवं चन्द्रागिरि सांस्कृतिक अध्ययन समूहका सदस्य भीमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
पुस्तकमा चन्द्रागिरि नगरका सांस्कृतिक पक्ष समेटिएका छन् ।














