प्रहरी प्रभाग बलम्बु प्रमुख इन्स्पेक्टर लक्ष्मी खड्का उत्कृष्ठ प्रहरी घोषित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित प्रहरी प्रभाग बलम्बु प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्का २०८२ चैत्र महिनाका लागि उत्कृष्ठ प्रहरी घोषित भएकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडाैंले मातहतका प्रहरी यूनिटमा कार्यरत प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादनका आधारमा हरेक महिना उत्कृष्ठ प्रहरी सम्मानका लागि प्रहरी कर्मचारी छनोट गर्दै आएको छ । जसअनुसार २०८२ चैत्र महिनाका लागि प्रहरी निरीक्षक खड्का उत्कृष्ठ प्रहरी कर्मचारी चुनिएकी हुन् ।

नेपाल प्रहरी संगठनले दिएको जिम्मेवारी पूर्णरुपमा लगनशील, कर्तव्यनिष्ठ भई हिरासतमा रहेका अभियूक्तहरुलाई पूर्ण रुपमा सुरक्षाको अनुभूति गराउने कार्य गरी अपराध अनुसन्धान व्यवस्थापनको अभिन्न अंगको रुपमा रहेको हिरासत व्यवस्थापन कार्यमा पुऱ्याएको योदानको उच्च कदर गर्दै प्रहरी प्रभाग बलम्बुका कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्कालाई २०८२ साल चैत्र महिनाको पुलिस अफ दि मन्थको रुपमा सो सम्मान गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताए । 

खड्काले चन्द्रागिरि नगरपालिकाको केन्द्र भागमा अवस्थित प्रहरी इकाईको नेतृत्व गर्दै अपराध नियन्त्रण, भन्सार राजश्व चुहावट रोकथाम, लागू औषध ओसारपसार तथा विक्री वितरणमा संलग्न व्यक्तिहरूको पहिचान तथा नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी छन् ।

उनी २०८२ बैशाख अन्तिम सातादेखि प्रहरी प्रभाग बलम्बुको प्रमुखका रुपमा कार्यरत छिन् ।

यो पनि पढाैं

नागढुङ्गा प्रभागका इन्स्पेक्टर अजय जङ्ग थापा उत्कृष्ठ प्रहरी घोषित


Leave a Reply

Your email address will not be published. Required fields are marked *