लञ्चबक्समा सरसफाइसम्बन्धी कमजोरी, कम्पनीमा शिलबन्दी, चन्द्रागिरिमा अझै सोही स्वीट्सकै लञ्चबक्स
थानकोट ।
कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ महानगरपालिका- ११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ।
चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले सो प्रालिमा अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो ।
उक्त प्रालिलाई उत्पादन रोक्न चेतावनी दिँदा पनि अटेरी गरेपछि मन्त्री चौधरीको आदेशमा बिहीबार शिलबन्दी गरिएको हो ।
उत्पादन रोक्का गरिएको उक्त प्रालिले सरकारी कार्यालयमै खाजा पुर्याएको पाइएको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।
मन्त्री चौधरीले आम नागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गरिने स्पष्ट पार्दै आएकी छन् ।
यता चन्द्रागिरि नगरपालिकामा बैशाख २ गते सम्पन्न एक कार्यक्रममा बागमती स्वीट्सकै लञ्चबक्स बाँढिएको स्रोतले जनाएको छ।












