बिहानैदेखी आरी घोप्टे पानी, बल्खु खोलामा पानीको सतह बढ्यो, तटीय क्षेत्र डुबानको जोखिममा (भिडियो)
थानकोट ।
आइतबार बिहानैदेखीनै आरी घोप्टे पानी परिरहँदा नदीहरूमा पानीको सतह बढेको छ ।
प्राप्त विवरणहरू अनुसार चन्द्रागिरि नगरको मुख्य नदी बल्खुखोलामा पानीको सतह बढेको छ ।
तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा नदीको जलसतह बढेको छ ।
प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरमा हालसम्म कुनै अप्रिय घटनाको जानकारी प्राप्त नभएको जनाएको छ । यद्यपी प्रहरीले नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
प्रतिकात्मक तस्बिर














