नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको कृषि विकास समितिको सभापतिमा कृष्णभक्त श्रेष्ठ

Thankot Times

थानकोट ।

बागमती प्रदेशमा रहेका उद्योगीहरूको संगठन नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले विभिन्न १६ वटा विषयगत समिति गठन गरेको छ।

मकवानपुरको थाहा नगरपालिकामा आयोजित कार्यक्रममा विषयगत समिति गठन भएका हुन् ।

श्रावण ३२ गते सम्पन्न विषयगत समितिहरूबीच परिचयात्मक तथा उद्योगी व्यवसायीहरूले भोग्नु परिरहेको समस्या सम्बन्धी छलफल कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यले विषयगत समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

समितिको कृषि विकास समितिको सभापतिमा चन्द्रागिरि नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभक्त श्रेष्ठ चयन भएका छन् । 

चन्द्रागिरि उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सदस्यमा मनोनित

कुन समितिको सभापति को ?

भवन निर्माण समिति: सभापति दिल सुन्दर श्रेष्ठ 

राजस्व समिति: सभापति जीवन काजी माकजु श्रेष्ठ, उपसभापति भगिरथ शर्मा खरेल 

बैंक तथा बीमा समिति : सभापति शिव प्रसाद मानन्धर, उपसभापति श्रवण कुमार तखाछे

रोजगार समिति : सभापति विरेन्द्र नाथ भट्टराई, उपसभापति : प्रदिप मन प्रधान 

कृषि विकास समिति: सभापति कृष्ण भक्त श्रेष्ठ 

मेला समिति : सभापति राजन कार्की, उपसभापति महेश पौडेल 

यातायात समिति : सभापति सनत थापा, उपसभापति युवराज श्रेष्ठ 

उद्योग समिति : सभापति प्रेमराज मैनाली , उपसभापति राजु अधिकारी 

वाणिज्य तथा आपूर्ति समिति: सभापति रुद्र बहादुर खत्री 

महिला उद्यमी विकास समिति: सभापति गीता अमात्य, उपसभापति मेनका श्रेष्ठ 

सिप विकास तथा तालिम समिति: सभापति ग्रुबेन तौजले , उपसभापति कुमार खनाल 

सचिवालय व्यवस्थापन समिति : सभापति उत्तम शर्मा ढकाल , उपसभापति केशव श्रेष्ठ 

सामाजिक विकास समिति : सभापति बसु नारायण श्रेष्ठ, उपसभापति उज्वल महर्जन 

पर्यटन समिति: सभापति राज्य लक्ष्मी शाक्य, उपसभापति रामसुन्दर भेले 

सूचना प्रविधि तथा प्रकाशन समिति : रोशनी मैया धौबन्जा, उपसभापति विश्वराम दुवाल 

लघु तथा घरेलु उद्योग समिति: सभापति लक्ष्मी खनाल , उपसभापति सितु सैजु 


Leave a Reply

Your email address will not be published. Required fields are marked *