चाबहिलमा २ वटा मोटरसाइकल आपसमा ठोकिँदा १ जनाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-७ चाबहिलमा २ वटा मोटरसाइकल आपसमा ठोकिँदा १ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक बस्ने पर्सा वीरगंज महानगरपालिका-१४ घर भएका ३२ वर्षीय पर्शुराम महतो रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा सोमबार बेलुकी मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ