भोलि आइतबार चन्द्रागिरि नगरपालिका कार्यालयबाट विभिन्न ४ कम्पनीका ग्यास वितरण हुने

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले भोलि आइतबार पनि काठमाडौँका सात स्थानबाट खाना पकाउने ग्यास वितरण गर्ने भएको छ ।

निगमले सार्वजनिक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय, काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री-वितरण हुने जनाएको हो ।

जसअनुसार बलम्बुस्थित चन्द्रागिरि नगरपालिकाको बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म लोकप्रिय, नेपाल, एचपी र श्रीमाया कम्पनीका ग्यास बिक्री वितरण हुनेछ ।

निगमले अति आवश्यक भएका व्यक्तिले मात्र आ-आफ्ना नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ।

साथै, निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको दाबी गर्दै यसको बिक्री-वितरण सम्बन्धित उद्योगले आ-आफ्ना बिक्रेतामार्फत नियमित रूपमा गरिरहेको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *