पछिल्लो ३ दिनमा काठमाडाैं उपत्यका छोड्नेको संख्या १ लाख ७६ हजार
थानकोट ।
काठमाडौं उपत्यका छोडेर बडादसैँ मनाउन आफ्नो छातथलो जाने क्रम सुरु भइसकेको छ ।
घटस्थापनादेखि दसैँको तेस्रो दिन मंगलबारसम्म कुल एक लाख ७६ हजार ५५२ जना सडक मार्ग हुँदै बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
थप ८७ हजार ६०६ जनाले विभिन्न ठाउँमा जान टिकट बुकिङ गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टले जानकारी दिए ।
उपत्यका छोडेर घर फर्कने यात्रीका निम्ति ट्राफिक प्रहरीले विभिन्न ठाउँमा सहायता डेस्क सञ्चालन गरेको छ ।
लामो सवारीसाधनमा दुई चालक र टाइम कार्ड अनिवार्य गरिएको छ ।
चाडपर्वमा सवारी दुर्घटना रोक्न सवारी चेकिङमा समेत कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुवेर कडायतले जानकारी दिए ।












