कलंकी-नागढुंगा-पिपलामोड सडक खण्डको ग्रीन बेल्टमा किन लगाइँदैछ रिफ्लेक्टर ?

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले कलंकी-नागढुङ्गा-पीपलामोड सडक खण्डमा रहेका डिभाइडर तथा ग्रीन बेल्ट/ल्याण्डमा दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाको लागि ‘रिफ्लेक्टिभ मिडियन मार्कर’ उपकरण जडान शुरु गरेको छ।

नगरमा कार्यरत विभिन्न संस्थाहरूले ती ग्रीनबेल्टमा दुबो लगाउने तथा स्याहार गर्ने कार्य समेत गरिरहेका छन् ।

नगरपालिकाले सो सडक खण्डमा अत्याधुनिक प्रविधियुक्त क्लोज सर्किट क्यामेरा (सीसीटिभि क्यामेरा) र तथा सडक बत्ती जडान गरिसकेको छ। साथै उक्त सडक खण्डको दायाँबायाँ रहेका बिजुलीका खम्बाहरूमा सफाई गरि रंग लगाउने कार्य पनि अन्तिम चरणमा पुगेको नगरप्रमुख घनश्याम गिरीको सचिवालयले जनाएको छ।

रङ्ग लगाइएका ती खम्बाहरूमा स्टिकर, ब्यानर र पम्प्लेट टाँस्ने संघसंस्था तथा व्यवसायीलाई जरिवाना गरि कारबाहीको दायरामा ल्याउने प्रकृया शुरु हुने नगर प्रमुख घनश्याम गिरी बताएका छन् ।

नगरपालिकाले नगर क्षेत्रका मुल तथा सहायक सडकका खम्बाहरूमा टाँगिएका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न केबल तथा ईन्टरनेट प्रदायक संस्थाहरुसँग यसअघि नै सर्वपक्षीय बैठक गरी सहकार्य गर्ने निर्णय गरिसकेको छ ।

मुख्य सडक नगरको कार्यक्षेत्रमा नपर्ने भएतापनि सडकमा परेका खाडलका कारण सवारीसाधन तथा पैदलयात्रीहरूले सास्ती पाइरहेको सन्दर्भमा नगरले तालुकादर निकाय सडक विभाग  तथा अन्य सम्बन्धित निकायसँग राजमार्ग मर्मत गर्न पहल गरिरहेकोले समेत नगरप्रमुख गिरीले बताए ।

पछिल्लो समय कलंकी-नागढुंगा-पिपलामोड सडकका विभिन्न स्थानमा सडकको बीचमा खाडल पर्दा सडक दुर्घटनाको जोखिम बढिरहेको छ भने सवारी साधनहरूले जामको समस्या भोगिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ