काठमाडौंमा पनि अब घरमै राहदानी पुर्याइने
थानकोट ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले हुलाक सेवामार्फत नागरिकको घरमै राहदानी पुर्याउने भएको छ ।
यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र गोश्वारा हुलाका कार्यालय काठमाडौंबीच मंगलबार (वैशाख १५) सम्झौतापत्रमा हस्ताक्षर भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।
उनका अनुसार सेवाग्राहीले हुलाक सेवामार्फत घरमै राहदानी लिन चाहेको हो वा कार्यालयबाट बुझ्ने हो त्यसबारेमा राहदानीका लागि आवेदन दिएकै बेला खुलाउनुपर्ने छ ।
“यस कार्यालयबाट राहदानीको लागि आवेदन गर्ने सेवाग्राहीहरूलाई आफ्नो राहदानी हुलाक सेवामार्फत घरमै लिन चाहनुहुन्छ वा यस कार्यालयबाट बुझी लिन चाहनुहुन्छ भन्ने विषयमा छनौटको विकल्प दिइएको हुँदा राहदानी आवेदन गर्दाकै बखत उक्त विषय स्पष्ट रूपमा कर्मचारीसमक्ष खुलाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” रिजालले जारी गरेको सूचनामा भनिएको छ ।

एआईबाट सृजित तस्बिर










