नागढुङ्गा सुरुङ मार्गका लागि धुनिवेशीमा ९ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

Thankot Times

थानकोट ।

सरकारले नागढुङ्गा सुरुङ मार्ग आयोजनाको नाउँमा थप ९ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

आयोजनाको पश्चिम पोर्टल धादिङमा रहेको निजी जग्गा प्राप्तिका लागि सरकारले स्वीकृति दिएको हो ।

मन्त्रिपरिषद् बैठकमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा धुनिवेशी नगरपालिका वडा नं. ९ मा रहेको करिब ९ रोपनी निजी जग्गा प्राप्त गर्न स्वीकृत प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *