मंसिर ८ गतेबाट प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल, पहिलो हुनेको भागमा २ लाख पुरस्कार

Thankot Times

थानकोट ।
चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिको आयोजनामा मंसिर ८ देखि १६ गतेसम्म पहिलो चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगिताको विजेताले २ लाख नगद तथा ट्रफी पुरस्कार पाउने बताइएको छ । उपविजेताले १ लाख रूपैयाँ नगद तथा ट्रफी पाउँदा प्रतियोगिताको व्यक्तिगत विधा तर्फका उत्कृष्ठ खेलाडी, गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा अनुशासित टोलीले समान १०-१० हजार रूपैयाँ पुरस्कार पाउने चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिले जनाएको छ ।

प्रतियोगितामा चन्द्रागिरि नगर क्षेत्रका स्थायी बसोबासीहरूले मात्रै सहभागिता जनाउन पाउने बताइएको छ ।

खेल नैकापस्थित फुटबल मैदानमा सञ्चालन हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ