मत्स्य यू-१३ वडा कप फुटसलमा १३ टोलीको सहभागिता, पहिलो खेल वडा नंं ११ र १३ बीच हुने

Thankot Times

थानकोट ।

मत्स्य यू-१३ वडा कप फुटसलमा १३ टोलीको सहभागिता रहने भएको छ।

चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्य रिक्रियशन सेन्टरमा रहेको मत्स्य फुटसलमा सोमबार सार्वजनिक गरिएको खेल तालिका अनुसार प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नं. १ देखी १५ सम्मका विभिन्न १३ वटा वडाहरूका टोलीले जनाउने बताइएको छ ।

प्रतियोगितामा चन्द्रागिरि नगरपालिका वडा नंं १०, १३, ११, ९, ६, १४, १२, १५, ४, ८, २ ५ र ७ का तर्फबाट १३ वर्षमुनिका खेलाडीहरूले सहभागिता जनाउने प्रतियोगिता निर्देशक गाैरव श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा वडा नं. १०, १५ र ७ का टोलीले सिधै अन्तिम ८ मा खेल्ने अवसर पाएका छन भने अन्य वडाका सहभागी टोलीहरूले पहिलो चरणबाट नै प्रतिस्पर्धा गर्नुपर्नेछ ।

जसअनुसार कार्तिक २२ गते हुने प्रतियोगिताको पहिलो खेलमा पुल ए मा रहेका वडा नं. ११ सतुगंल र १३ पुरानो नैकाप बिहान १० बजे आमुने सामुने हुने तालिका निर्धारण भएको छ ।

प्रतियोगिताको पहिलो दिन पुल ए मै रहेका चन्द्रागिरि ९ मच्छेगाउँ र चन्द्रागिरि ६ महादेवस्थानबीच बिहान ११ बजे खेल हुनेछ भने सो समुहमा रहेका चन्द्रागिरि १४ नयाँ नैकाप र चन्द्रागिरि १२ बलम्बु दिनको १ बजे आपसमा स्पर्धा गर्नेछन् ।

पुल बी मा रहेका चन्द्रागिरि वडा नंं ४ थानकोटले दिनको २ बजे चन्द्रागिरि ८ मातातीर्थको सामना गर्दा दिनको ३ बजे चन्द्रागिरि नगरपालिका वडा नं. २ वाँडभञ्ज्याङले चन्द्रागिरि नगरपालिका ५ महादेवस्थानसमक्ष चुनाैती पेश गर्नेछ ।

पहिलो चरणका खेलहरू प्रतियोगिताको पहिलो दिन सकिनेछन्।

प्रतियोगिताको दोश्रो दिन कार्तिक २३ गते बिहीबार दोश्रो चरणका खेलहरू बिहान १० बजेबाट सुरु हुने तालिका रहेको छ । जसअनुसार बिहान १० बजे पहिलो खेल हुनेछ, यसैगरी बिहान ११ बजे दोश्रो खेल, दिउँसो १ बजे तेस्रो खेल तथा दिउँसो २ बजे चाैथो तथा अन्तिम खेल हुनेछ । यी खेलहरूका विजेता सेमीफाइनलका लागि चयन हुँदा सेमी फाइनल खेल भने कार्तिक २४ शुक्रबार हुनेछन् ।

प्रतियोगिताको फाइनल खेल कार्तिक २४ गते शुक्रबार दिउँसो २ बजे हुने बताइएको छ ।

प्रतियोगिताको विजेताले ५० हजार रूपैयाँ तथा दोश्रो हुनेले ३० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता अन्तर्गतका सबै खेलहरू चन्द्रागिरि नगरपालिका-०९ मच्छेगाउँस्थित मत्स्य रिक्रियशन सेन्टर हातामा रहेको मत्स्य फुटसल एरिनामा हुनेछन् । सो एरिना चन्द्रागिरि नगरमा सञ्चालनमा रहेका ७ ए फर्म्याटको एक मात्रै एरिना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ