आफुले पाएको पुरस्कार धनबहादुर खेलकुद प्रतिष्ठानलाई समर्पण गर्ने कराँते प्रशिक्षक शाहीको घोषणा

Thankot Times

थानकोट ।

चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट सम्मानित भएका कराँते खेलका राष्ट्रिय प्रशिक्षक वीरकृष्ण शाहीले सो पुरस्कार धनबहादुर खेलकुद प्रतिष्ठानलाई समर्पण गर्ने घोषणा गरेका छन् ।

चन्द्रागिरि नगर क्षेत्रमा कराँते खेलको बीजारोपण गर्ने पहिलो मध्येका एक धनबहादुर महर्जनको स्मृतिमा खडा भएको धनबहादुर खेलकुद प्रतिष्ठानको श्रीवृद्धिका लागि प्रशिक्षक शाहीले चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट सम्मानित हुँदा पाएको ५० हजार रुपैयाँ समर्पण गर्ने घोषणा गरेका हुन् ।

सम्मानित भएपछि प्रशिक्षक शाहीले सो प्रतिष्ठानमा प्रशिक्षार्थीहरूका लागि निःशुल्क प्रशिक्षण दिलाइरहेको सन्दर्भमा आफुले पाएको सम्मान रकम प्रतिष्ठानका लागि निकै महत्वपूर्ण भएको धारणा राखे ।

शनिबार चन्द्रागिरि नगरपालिका १४ नैकापमा आयोजित नैकाप गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा चन्द्रागिरि स्पाेर्टस् एकेडेमीले यस वर्षका लागि कराँते प्रशिक्षक वीरकृष्ण शाहीलाई चन्द्रागिरि स्पाेर्टस् अवार्डबाट सम्मान गरेको थियो ।

एकेडेमीले गतवर्ष देखी राष्ट्रिय खेल जगतमा उत्कृष्ठ योगदान पुर्याउने प्रशिक्षक वा खेलाडी मध्ये एकजनालाई सम्मान गर्ने नीति लिएको छ।

चन्द्रागिरि स्पाेर्टस् अवार्ड-२०८० बाट कराँते प्रशिक्षक वीरकृष्ण शाही सम्मानित

चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँ निवासी वीरकृष्ण शाही २०४२ सालमा कराँते खेलमा आबद्ध भई हाल कराँते खेलको राष्ट्रिय प्रशिक्षकको भूमिकामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ